गोविन्द खड्का
घोराही, २० पुस । अविर, खादा र मायाको चिनो डाईरी कलम दिएर राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघले मंगलवार जिल्ला ट्राफिक प्रमुख ओमप्रकाश वाग्लेलाई स्वागत गरेको छ । संघका अध्यक्ष धु्रर्बराज श्रेष्ठ भारीले स्वागतका हात मिलाउदै टाफिक नियम पालना गरी काधमा काध मिलाएर अघि बढ्ने बचन दिए ।
संघका सल्लाहकार एवं राप्ती अञ्चल ट्रक व्यवसायी संघका अध्यक्ष यादव शाह लगाएत सम्पुर्ण पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत गर्दै संघका उपाध्यक्ष एवं दाङ उद्योग वाणिजय संघका उद्योग उपाध्यक्ष खडकबहादुर बुढाथोकीले कानुनले वाद्य पारेका कुरामा सरलताका साथ समाधान गर्न आत्मीय सम्वन्धले व्यवहारीकता दिने बताए । ‘सम्बन्ध प्रगाढ भएर जावस’ उपाध्यक्ष बुढाथोकीले भने, ‘अघिल्ला संगको सद्भाव सम्वन्ध अझै न्यानो बनोस् ।’
अघिल्ला टाफिक प्रमुख अरुण कुमार सिंहको पालामा जस्तै सचेतिकरणका कार्यक्रमलाई निरन्तरता दिन संघले आग्रह गरेको छ । चालक र सहचालकका लागि गत बर्ष प्रशिक्षण दिइएको थियो । यसै गरी घोराहीको व्यस्त चोक शहिद गेटमा टाफिक आईलाईन एक दुई दिनमै राख्न थालेको बताएको छ । त्य
सका लागि आवश्यक प्रकृया पुरा भएको, यात्रुलाई सुविधा दिन आवश्यक ठानेको जनाएको छ । भने दामोदर चोक प्रहरी विट नजिकको फुटपाथमा राखिएको बेर्ना हटाउन, नेपाल बैक लिमिटेडलाई उत्तर तर्फको गेट खुला राखि टाफिक सहज बनाउने आग्रह गर्न लगाएतका सुझाव दिएको छ । नियम विपरीत दवावमुलक गतिविधि नगरीने संघले स्पष्ट पारेको छ ।
सो अन्तरकृयात्कम परिचय कार्यक्रममा उठेको जिज्ञासाको जवाफ दिंदै प्रमुख वाग्लेले सकारात्मक सुझावलाई लक्ष्य सम्झेर अघि बढ्ने प्रतिबद्धता जनाए । ‘जागिरको औपचारीक सम्वन्ध मात्रै हुने छैन’ प्रमुख वाग्लेले व्यवसायीहरुलाई आश्वस्त पार्दै थप्नुभयो, ‘दाजुभाईको अनौपचारीक एवं पारीवारिक नाता पनि रहने छ ।’
उनले जागिरको २२ बर्षे अवधिमा डेलिभरी सेवा संघमा आउदा नयाँ समितिको अनुभव गरेको सुनाए । एउटैमा सबैलाई भेटाउन पाउने अबसरका रुपमा लिएको उनको टिप्पनी थियोे । जाजरकोट घर भएका वाग्लेको दाङ दोश्रो मौका हो । पुरानो चिनजानलाई याद गर्दे वाग्लेले समन्वय सहकार्य विना अघि बढ्न नसकिने बताए । ‘सके पहिलाको भन्दा राम्रो सुमधर बनाउछु । नभए पनि बिग्रीन दिन्न’ भनेर वाचा गरेका थिए । उनका अनुसार बिना हिच्कीचाहट गरीने सरल सम्वन्ध हुने छ । तर यो गर्छु भनेर नफलाक्ने काम गरेरै देखाउने बताए ।
