इन्द्रेणी संवाददाता
घोराही, २८ मंसिर । पत्रकार एवं उपन्यासकार सविन प्रियासनको चौथो उपन्यास पल्लवी पुसको पहिलो साता विमोचन हुने भएको छ । दाङको घोराहीमा हुन लागि रहेको राष्ट्रिय शैक्षिक महोत्सवमा पल्लवी उपन्यासको विमोचन हुन लागि रहेको हो ।

pallivicover untitled-1-copyकाठमाडौंको विएन पुस्तक संसारले प्रकाशन गर्न लागि रहेको पल्लवी उपन्यास सामाजिक विषय बस्तुमा आधारित रहेको छ । सन्देशमुलक उपन्यास पल्लवीमा तरकारी वाली भनेर चर्चित कुसुम श्रेष्ठ र लिटल मिस दाङ–२०१६ की पपुलर ८ वर्षीया ऋृंखला बुढाथोकीको तस्विर कभरमा राखिएको छ ।

उपन्यासको मुख्य विषय बस्तु समाजमा घटि रहेका घटनाहरुलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको प्रियासनले जानकारी दिए ।मं सिर ३० गतेदेखि पुस ६ गतेसम्म दाङमा शैक्षिक महोत्सव हुन लागि रहेको र महोत्सवको अन्त्यतिर उपन्यासको विमोचन कार्यक्रम गरिने विएन पुस्तकका सञ्चालक विष्णुकुमार पौडेलले बताए ।