तुलसीपुर, २८ मंसिर । दाङको तुलसीपुरमा सञ्चालन भइरहेको क्लिन तुलसीपुर ग्रीन तुलसीपुर अभियानलाई टेवा पु¥याउन भन्दै वेलायतवाट फोहोर उठाउने सामाग्री प्राप्त भएको छ ।
आज १७ औं हप्ताको सरसफाई अभियानमा सहभागी हुन आएका नेपाल सरकार पर्यटन वोर्डका सदस्य एवं पर्यटन दुत मोहन लम्सालले सरसफाई अभियानका संयोजक विमल रिजाललाई १० पिस फोहोर उठाउने स्टिक हस्तान्तरण गरेका हुन् ।
दाङ निवासी मानबहादुर थापाले वेलायतबाट परिक्षणका लागी सुरुमा १० पिस स्टिक पठाएका थिए । हप्ताको सरसफाई अभियान अन्तर्ग आज तुलसीपुरको वाहिनी चोकवाट ‘ङ’ लाइन हँदै वाहिनीको दक्षिणतर्फ शिखर कोलनी टोल, विष्णु हल हुँदै वाहिनी चोकसम्म सरसफाई एवं घरदैलो सरसफाई अभियान संचालन गरिएको अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिए ।