बाँके, २८ मंसिर । बाँकेको मटेहिया ४ भगवानपुरमा स्थानीय युवाहरुबीच भएको झडपमा एक युवकको मृत्यु भएको छ । झडपमा कम्तिमा १० घाइते भएका छन् । सो घटनालाई लिएर सो ठाउँ तनावग्रस्त बनेको छ ।

22012016053727rangeliimg_0276-1000x0मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको जन्मोत्सवका अवसरमा निकालिएको यालीमा झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको थियो ।

सो घटनामा मटेहिया–४ र ५ का ओमकार मौर्या, बजरंगी गोडिया, खैया यादव, त्रिचन्द्र यादव, सवलाप्रसाद यादव, दिनेश गुप्तालगायत घाइते भएका छन् । गए राति भएको घटनामा परी घाइते भएको उनीहरुलाई उपचारका लागि नेपालगन्ज ल्याइएको छ ।

यसैबीच दुई यूवा समूहबीच भएको झडपलाई लिएर त्यहाँको सामाजिक सद्भाव बिग्रिन नदिन धार्मिक गुरुहरुले सामूहिक अपिल गरेका छन् ।

इस्लाम धर्मगुरु मौलना अब्दुल जब्बर मन्जरी, हिन्दु धर्मगुरु महन्थ चन्दननाथ योगी लगायतका धर्मगुरु र अगुवाहरुले घटनाको छानबीन गरी दोषीलाई कारबाही र घाइतेहरुको निःशुल्क उपचारको माग गरेका छन् ।