इन्द्रेणी संवाददाता
लमही, २८ मंसिर । लमही नगरपालिका वडा नं. ४ श्रीगाउँ चोकमा गएराति ट्रक र वस ठोकिदा सात जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत श्रीगाउँ चोकमा म १ ख ७०१ नम्बरको वस र ना ४ ख ९८६१ नम्बरको ट्रक आपसमा ठोकिदा वसमा सवार यात्रुहरु घाइते भएको हुन् ।
दुर्घटनामा घाइते हुनेहरुमा पर्वतका दिलबहादुर सुनार, कपिलवस्तु मनिराम थारु, कपिलवस्तुकै मंगल वडही, रौतहटका मोहमद अरिफ, रुपान्देहीका पार्वती थापा, कञ्चनपुर लक्ष्मण जोसी, रुपन्देहीका कमला ज्ञवाली रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि वुटवल पठाइएको छ भने समान्य घाइते भएकाहरु समान्य उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।