इन्द्रेणी संवाददाता
नारायणपुर, २८ मंसिर । सिद्ध रत्ननाथ माध्यमिक विद्यालय नारायणपुर विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चिन्तावहादुर वुढाथोकी चयन भएका छन् । सहमतिका आधारमा वुढाथोकी अध्यक्षतामा चयन भएका हुन् ।
त्यस्तै समितिको सदस्यमा टिकावहादुर वली, डिल्लीवहादुर चौधरी, सीता थापा, सीता चौधरी, सुशीला शर्मा, शिक्षक प्रतिनिधि हेमशंकर गौतम र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक टोपबहादुर केसी चयन भएका छन् ।