ramesh-mainali

दिपक बोहरा / तुलसीपुर । दाङका जिल्ला शिक्षा अधिकारी रमेश मैनाली ईन्टिग्रिट आईडलको उत्कृष्ठ १० व्यूरो क्रयाट्समा पर्न सफल भएका छन् । सरकारी कार्यालयमा काम गर्ने देशभरका आठ सय ३८ निजामति कर्मचारीहरु मध्य जवाफदेहीता र पारदर्शिताका आधारमा दाङका जिल्ला शिक्षा अधिकारी मैनाली नेपालकै उत्कृष्ट दश व्यूरो क्रयाट्समा पर्न सफल भएका हुन् ।

शिक्षा अधिकारी मैनालीले उत्कृष्ठ १० मा आउँदा सम्म छनौटका बिभिन्न चरण पार गरेका थिए । अबकास प्राप्त पुर्ब सचिबहरु छनौट कार्यमा सहभागी थिए । उत्कृष्ट १० मा पर्न सफल मै नाली त्यस पछिको छनौट चरणबाट बाहिरिएका थिए । जवाफदेहीता र पारदर्शिताको क्षेत्रमा कार्यरत अकाउन्ट्याबिलिटी ल्याब नामक संस्थाले सरकारी कार्यालयमा काम गर्ने इमान्दार कर्मचारीलाई सम्मान गर्ने उद्देश्यले इन्टिग्रिटी आइडल सम्मान कार्यक्रम गर्दै आएको छ ।

सरकारी सेवामा कार्यरत कर्तव्यनिष्ठ र इमान्दार कर्मचारीलाई सबैले चिन्ने मौका पाउने र सम्मान गर्दा अरुलाई पनि इमान्दार बन्न प्रेरणा मिल्ने उदेश्यले बिगत केही बर्ष देखी इन्टिग्रिटी आइडल संचालन गर्दै आएको आयोजकले जानकारी दिएको छ । इन्टिग्रिटी आइडल २०१६ मा उत्कृष्ठ दश स्थामा पर्न सफल भएका निजामति कर्मचारीहरुलाई आउदो पुस २१ गते राष्ट्रिय सभाका साथ सम्मान गर्ने भएको छ ।

उत्कृष्ठ पाँच स्थानमा पर्न सफल कर्मचारीहरुका लागि सेवाग्राहीको भोटका आधारमा उत्कृष्ठ एक जना ईमान्दार कर्मचारी छनौट गरिन्छ ।अन्तिम छनोटमा परेका पाँच जनालाई नागरिककै सहभागिताबाट छनोट गर्न एसएमएस र अनलाइन भोटिङको व्यवस्था गरिएको छ । आयोजकले उक्त कार्यक्रमबाट भ्रष्ट्राचार नियन्त्रण गरी समाज निर्माणमा योगदान पुग्ने विश्वास गरेको छ । नेपालबाट सुरुआत गरिएको अभियान अन्य केही देशमा पनि बिस्तार गरिएको छ ।