दीपबहादुर घर्ती
जाजरकोट, २३ कार्तिक । कृषि, स्वास्थ्य तथा वैकल्पिक जिवीकोपार्जन प्रवद्र्धन (पहल) परियोजनाले तालिम दिएपछि खगेनकोट–१ दल्लीकि तस्विरी विक ब्यबसायिक तरकारी खेति गर्न तर्फ लागेकि छन् । पहल परियोजनावाट पाएको क्षमता विकास तालिम पछि विक व्यवसायिक रुपमा बेमौषमी तरकारी खेति तर्फ लागेकि हुन् ।
14962906_1164318530329004_2044055063_nगत माघ महिना देखि खेति गर्दै आएकी तस्विरी विकले बेमौषमी तरकारी खेतिवाट मनग्य आम्दानी गरेको वताईन् । तरकारी खेति गर्ने  (नसरीमा व्याड वनाउने तरिका, व्याडवाट विरुवा सार्नै) तरिका, खेतवारीमा उत्पादित तरकारीको ग्रेड्रिङ र वजार व्यवस्थापन र सरसफाई लगाएतका विषयमा आफुलाई पहल परियोजनाले एक वर्ष भित्रै ५ पटक क्षमता विकास तालिम दिई सकेको तस्विरी विकले वताईन् ।

फुलवारी कृषक समुहको कोषाध्यक्ष तस्विरी विकले आगामी दिनमा आफुसंग रहेको तीन रोपनी जग्गामा पुरै बेमौषमी तरकारी खेति गर्ने वताईन् । ३ छोरा र एक छोरी भएकि तस्विरी विकले आफुले तरकारी खेति नगर्दा सम्म आफुलाई छोरा÷छोरीको पढाई खर्च धान्न निक्क मुस्किल पर्ने वताईन् । व्यवसायिक रुपमा तरकारी खेति गर्न थालेपछि छोरा÷छोरीको पढाई खर्च जुटाउनलाई निक्कै सजिलो भएको वताईन् ।

प्लाष्टिक टनेल भित्र टमाटर खेति गरेकि तस्विरीले टनेल भित्रै थोपा सिंचाईको व्यवस्था गरेकि छन् । टमाटर टनेटको वरिपरी झपक्कै फुलेका विकले हजारी रोपेकि छन् । टमाटरमा लाग्ने किराहरुले पहिलो फुल निक्कै मन पराउने भएकोले विभिन्न किराहरुवाट टमाटर वचाउनका लागि आफुले हजारी रोपेको विकले वताईन् । हजारी आफैमा सुगन्धित फुल भएकोले कतिपय किराहरु हजारीको सुगन्धमै हराउने विकको दावी छ ।

सन् २०१६ देखि जिल्लामा सुरु भएको पहल परियोजना रग्दा, भगवति, खगेनकोट, सक्ला, भुर, कार्कीगाउँ, सिमा, थालारैकर, जुगाथापाचौर, पजारु, टालेगाउँ र अर्छानी गरि १० वटा गाविसमा सञ्चालित रहेको छ । उक्त परियोजना सन् २०१९ सम्म सञ्चालित हुने जनाईएको छ ।

परियोजनाले कृषिका क्षेत्रमा करेसावारी र व्यवसायिक तरकारी खेति सम्बन्धि किसानहरुलाई सिप विकास तालिम गराउनुका साथै विउ, विजन र उपकरणहरु वितरण गर्ने गरेको जिल्ला संयोजक मदन कार्कीले जानकारी दिए । स्वास्थ्यका क्षेत्रमा सरसफाई तथा पोषण युक्त खाना खाने वानीको विकास गराई रहेको संयोजक कार्कीले वताए । पोषणयुक्त खानाका लागि विशेष गरि कार्वाेहाइड्रेट जन्य र भिटामीन जन्य खाद्य बस्तुमा परियोजनाले जोड दिने वताईएको छ । वैकल्पिक जिवीकोपार्जनका क्षेत्रमा समुदायलाई फाईनाईन्सेल क्षमता विकास गराउनु रहेको परियोजनाले वताएको छ ।