काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भारतमा विद्यावारिधिको उपाधि दिइएको छ । नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधिबाट सम्मानित गरेको हो ।

11032016021737sher-bahadur-deuwa-1-1000x0नेहरु विश्वविद्यालयमा आइतबारविशेष समारोहमा उपकुलपति प्रा जगदेशकुमारले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। यो उपाधिबाट सम्मानित भएका देउवा पहिलो नेपाली हुन् । यसअघि यो उपाधिबाट नोबेल पुरस्कार विजेता म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ्सान सुकी र भारतका पूर्वराष्ट्रपति डा एपिजे अब्दुल कलाम सम्मानित भइसकेका छन्।