जर्जियाः अमेरिकाको जर्जिया राज्यमा भएको कार दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा गुल्मी घर भई हाल काठमाडौंको अनामनगर बस्ने चिरञ्जीवी खना, उनकी श्रीमती श्यामा खनाल, बुहारी ऋचा खनाल र प्रतिमा सुवेदी रहेका छन् । सुवेदी खनालका कान्छा छोरा समिरकी प्रेमिका हुन् ।
कारमा ६ जना सवार रहेको बताइएको छ ।

car-accident-581fecadebd768-82796972

दुर्घटनाग्रस्त कार

निसान अल्टिमा नामको कारमा सवार उनीहरु जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा १८ चक्के मालबाहक ट्रकसँग ठोकिएको थियो ।
दुर्घटनामा ज्यान गुमाएकाको शव एटलान्टाको अपराध प्रयोगशालामा राखिएको छ । दुर्घटना गत शुक्रबार भएको थियो ।