दाङ, २७ साउन
घोराहीस्थित पद्यमोदय पब्लिक उच्च माविमा लागेको ताला आजदेखि खुलेको छ । विप्लव निकट अखिल क्रान्तिकारीले विद्यालयमा हिजो लगाएको आज खुलाएको हो । आज भएको छलफलले केही निर्णय गरेपछ विद्यालय प्रशासन, लेखा शाखामा लगाएको ३ वटा ताला आज खुलाइएको अखिल क्रान्तिकारीका प.प.न.उमाविका विहानी संकायका अध्यक्ष प्रविण शर्माले जानकारी दिनुभयो ।1

यसैविच, पद्मोदय विद्यालयले कक्षा ११ र १२ का जेहेनदार विद्यार्थीहरुलाइ छात्रवृत्ति उपलव्ध गराउने भएको छ । विद्यालय प्रशासन र दाङ जिल्लामा क्रियाशिल विद्यार्थी संगठनहरुवीच आज भएको छलफलले यस्तो सहमति गरेको हो । छलफलले कक्षा ११ का विद्यार्थीको गाडी भाडा तीन किस्तामा लिने, कक्षा १२ को दुइ किस्तामा लिने, कक्षा १२ को ल्याब शुल्कवारे केहि दिन पछि अभिभावक भेला गरी छलफल गर्ने सहमति गरेको शर्माले जानकारी दिनुभयो ।4

यसअघि यि विषयप्रति केही विद्यार्थीहरुले आपत्ति जनाएका थिए । छलफलमा विद्यालय प्रशासनबाट प्राचार्य कृष्णराज डिसी, विद्यालयका शिक्षक, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सन्तोष पोख्रेल, विप्लव निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष हेमन्त जिसी, अखिल क्रान्तिकारी प.प.न.उमाविका दिवा संकायका अध्यक्ष गोपाल रोका, विहानी संकायका अध्यक्ष प्रविण शर्मा लगाए