तुलसीराम वली
दाङ, २६ साउन
दाङको बिजौरी ९ छिल्लीकोटको डोटेल डाडाका किसानहरुले लगाएको मकै बाली जङ्गली जनावर बदेलले खाएर नष्ट गरेको छ । बदेलले स्थानीउ टोपेन्द्र खड्का, सुर्य वहादुर खड्का, पुर्ण वहादुर खड्काको गरी करीव १० कट्ठा जमिनमा लगाइएको मकै बाली नष्ट गरेको पिडीत किसानहरुले वताएका छन ।
धेरै मकै थोरैकोे नष्ट गरेको भएपनि कम मात्रामा छिल्लीकोटका धेरै किसानको मकै बालीमा नोक्सानी गरेको पिडीत किसान टोपेन्द्र खड्काले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार चारैतिर जंगल भएकाले वदेललाई रोक्न नसकीयको हो । गाउँमा एक साता यता बदेलको बिगबिगी बढेको स्थानीयले वताएका छन ।
मकै बाली जोगाउन रातभर जाग्राम बसेर बदेल भगाउन किसानले प्रयास गरेपनि मकै खान नछोडेको किसानहरुले बताएका छन् । विजौरी गाविसको विगट वस्ति मानीने उक्तस्थानमा वादरहरुले पनि अन्नवाली खाने गरेको किसानहरुले वताउने गरेका छन । वादर दिउसोको समयमा आउने भएकाले वादर भगायर अन्न वाली जोगाउन सकिय पनि वदेल रातको समयमा आउने भएकाले वाली जोगाउन कठिन परेको स्थानीय सुर्य वहादुर खड्काले बताउनु भएको छ ।।