जनक नेपाली
दाङ, २६ साउन
पुरन्धारा गाविस ८ बगरपुरकी विरमा विक माथि कुटपिट गर्नेलाई कानुनी कारवाहीको माग गरिएको छ । नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा र अनेम संघ क्रान्तिकारी दाङले आज प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले र जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख धिरजप्रताप सिहलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन ।mm
सोही गाविस वडा नं. २ का ३३ बर्षीय शुसील शाहले बिना कारण घरमा गएर कुटपिट गरी गम्भिर घाईते वनाएका थिए ।

अनेम संघ दाङका सल्लाहाकार एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य पुनम सेर्पाईली, नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका जिल्ला ईञ्चार्ज खड्क बहादुर सुनार, अनेम संघ दाङका अध्यक्ष बालीका शर्मा, नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका केन्द्रिय सदस्य राधिका परियार र जिल्ला अध्यक्ष जगत दलामी द्धारा हस्ताक्षरित विज्ञप्तीमा दोषिलाई छिटोभन्दा छिटो पक्राउ गरी कानुनी कारवाही गर्न माग गरिएको छ ।
यस्तै महिला माथि हुदै आएको घरेलु हिँसा र महिला माथि हुने सामाजिक विभेद हटाउनु पर्ने, घाईते भएका विकको औषधी उपचार गर्नु पर्ने र देशव्यापी रुपमा दिनानुदिन दलित समुदायमाथि हुँदै आएका सबै प्रकारका जातीय छुवाछूत भेदभाव तथा उत्पीडनका घटनाहरूप्रति सरकारतर्फबाट उचित कदम चाल्न नसकेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।

विज्ञप्तीमा सरकारले दोषीमाथि कडा कारवाही तथा पीडितलाई क्षतिपूर्ति एवं न्याय दिनुपर्नेमा उल्टै पीडितहरू हत्यासम्म गर्न बाध्य भएकोले सरकार अन्तर्गतका सरोकारवाला निकायहरूलाई कार्यान्वयनका लागि जोडदार माग गर्दछौं विज्ञप्तीमा भनिएको छ । विकलाई गत असार २८ गते शाहले कुटपिट गरेका थिए । पिडित विकका परिवारले गत असार २९ गते शाहका विरुद्ध जाहेरी दिएको विरमा का श्रीमान मानबहादुर विकले वताउनुभयो ।।