पोखरा, २६ साउन
फेवातालमा सोमबार अपरान्ह डुङ्गा पल्टिदा बेपत्ता भएका दुई जना अझैं फेला परेका छैनन । त्यो दिन साँझसम्म खोज्दा पनि फेला नपरेपछि मंगलबार विहानैदेखी खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सोमबार अपरान्ह डुङ्गा पल्टिदा बेपत्ता भएका काठमाडौं चक्रपथका १९ वर्षीय प्रतिक श्रेष्ठ र बसुन्धराका २३ वर्षीय एलिन केसीलाई फेला पार्न सकिएको छैन । उनीहरुको खोजीको लागि सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित स्थानीय माझीको टोली प्रयोग गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्रचार्यले जानकारी दिए ।
उनका अनुसार डुङ्गा पल्टिएको ठाउँलाई केन्द्रमा राखेर नजिकका क्षेत्र तथा तालको तल्लो क्षेत्रमा खोजी भइरहेको छ । बेपत्ता भएका प्रतिक केही दिनअघि जापानबाट नेपाल आएका हुन् भने एलिन पनि केही दिनअघी मात्र अष्टे्रलियाबाट आएका हुन् ।
अष्ट्रेलियाबाट आएका एलिन र जापानबाट आएका प्रतिकसहित ७ जनाको टोली काठमाडौंबाट घुम्नका लागि पोखरा आएका थिए । डुङ्गा पल्टिदा अन्य ६ जनाको भने सकुशल उद्धार गरिएको थियो । उद्धार गरिएका मध्ये पाँच जनाको गण्डकी मेडिकल कलेजमा उपचार गरिएको छ भने एक जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)