तुलसीपुर, १० भदौ । करिब ६ महिनादेखि भएको लकडाउनका कारण विद्यालय जाने उमेरका बालबालिकाहरु घरभित्रै रहेका छन् । कोरोना संक्रमणको महामारीले गर्दा विद्यालय वन्द अवस्थामा रहेका छन् । घरमै रहेका बालबालिकालाई सृजनशील वनाउनका लागि तुलसीपुर उपमहानगरपालिकाले विभिन्न खालका प्रतियोगिताहरु सञ्चालन गर्न लागेको छ ।

tulsipur nagarpalikaघरमै वसेर बालबालिकाले आफूमा भएको प्रतिभा प्रस्फुटन गर्न सकुन भनेर विभिन्न प्रतियोगिताको आयोजना गर्न लागिएको शिक्षा समिति संयोजक देवराज विकले जानकारी दिए । उनले पहिलो चरणमा सबै तहका बालबालिकाका लागि चित्रकला प्रतियोगिताको आयोजना गरिएको समेत वताए । संयोजक विकले अन्य चरणमा विभिन्न खलाका प्रतियोगिताको आयोजना गरिने पनि वताए ।

प्रतियोगिताको पहिलो चरणका चित्रकला प्रतियोगिता आयोजना गरिएको पनि उनले वताए । शिक्षा शाखाका विद्यालय निरीक्षक मानवहादुर खड्काका अनुसार तीन तहमा चित्रकला प्रतियोगितको आयोजना गरिएको छ ।

‘मावि तहले ‘कोभिड १९ को जोखिम तथा न्यूनिकरण’, आधारभूत तह ६ देखि ८ ले ‘प्राकृतिक प्रकोप र न्यूनिकरण’, आधारभूत तह १ देखि ५ ले ‘म र मेरो विद्यालय’ शीर्षकमा चित्र वनाउनुपर्नेछ’ खड्काले भने । उनले विद्यालयमा भदौ १९ गतेसम्म चित्र पु¥याइसक्न र विद्यालयले २१ गतेभित्र शिक्षाशाखामा वुझाउनका लागि पनि अनुरोध गरे । प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुलाई विशेष पुरस्कारको समेत उपमहानगरपालिकाले जानकारी गराएको छ ।