सागर थापा / दाङ 

घोराही,२१ साउन । दाङका सौडियार १ जदरागाँउमा ए एण्ड पि व्रदर्स सप ईण्डिट्रिज प्रालि नामक सावुन उद्योग सञ्चालनमा आएको छ । केही दिन अघि सञ्चालनमा आएको उद्योगले शुक्रवार एक कार्यक्रमको आयोजना गरी उद्योगले उत्पादन गरेका सावुनका बारेमा जानकारी दिएको छ ।

13639793_1676785455979862_698510040_o

स्थानियहरु चार जना युवाहरुद्धारा ७५ लाख बढि लगानीमा आएको उक्त सावन उद्योगले प्रतिघण्टा सावुनहरु उत्पादन गर्ने उद्योग सञ्चालक शिवराज पौडेलले जानकारी दिनुभएको छ । उद्योग सञ्चालकका रुपमा गिरिराज पौडेल , यज्ञ मुर्ति अधिकारी ,शिवराज पौडेल र सुनिल कुमार अधिकारी रहुनुभएको छ ।

उद्योगले छ प्रकारका कपडा धुने सावनहरु उत्पादन गर्ने उद्योग सञ्चालक गिरिराज पौडेलले जानकारी दिनुभएको छ । उद्योगका लागि आवश्यक पर्ने कच्च पदार्थ विराटनगर,विरगंज लगायतका स्थानहरुवाट आउने गरेका सञ्चालक पोडेले जानकारी दिनुभएको छ ।