हिमाल स्काउट ट्रुप तुलसीपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सचार सेवा केन्द्र घोराहीको प्राबिधीक सहयोगमा शुक्रबार हिमाल एकाडेमी तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भयको छ । रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्यले रक्त दानको चर्चा गर्नुभएको थियो । जिल्लामा रगतको अभाव महसुस भएकाले पनि रगत संकलन कार्यलाई संस्थागत गर्दै लगिएको उहाले बताउनुभयो ।

imagesबिधालयका प्रिन्सीपल मधुसुधन केसीले मानबिय सेवामा आफ्नो बिधालय सधैहातेमालो गर्न तयार रहेको भन्दै रक्तदान कार्यक्रम यसको नमुना भयको बताउनु भयको थियो । कार्यक्रममा पत्रकार प्रकाश डाँगी , बिधालयका प्रिन्सीपल मधुसुधन केसी,सन्तोष ढकाल ,सुमन खड्का, चन्द्रकला खड्का, भरत डाँगी, जिबन शर्मा ,राजन थापा, मुकेस कुमार लगायतकाले रक्तदान गर्नु भयको थियो । रक्त सँचार सेवाकेन्द्र घोराहीका प्राबिधीक ठाकुर पौडेलको नेतृत्वमा रहेको टोलीले प्राबिधीक सहयोग गरेको थियो ।

बिद्यालयका स्काउट शिक्षक नबिन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक भिमलाल मरासैनीले गर्नुभएको थियो ।