काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र पाँच ओटा शव फेला परेका छन् ।

सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा पाँच ओटा शव भेटिएको उद्धारमा खटिएको नेपाली सेनाले जनाएको छ । फेला परेका शवको पहिचान तथा अन्य विवरण खुल्न बाँकी रहेको छ ।

भदौ १० गते भोटेकोशी हुँदै आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशङ्कामा खोजी तथा उद्धारको काम शुरु गरिएको थियो । सुरुङको भित्रैसम्म पानी र लेदोले भरिएको बताइएको छ ।