धादिङ । कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि बन्द रहेको सडक यातायात सञ्चालनमा आएको छ । भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको नयाँ ट्र्याकबाट बिहीबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो ।
बिहानैदेखि दुईतर्फी नै सवारी साधन सञ्चालनमा आएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जानकारी दिएकी छन् ।











