दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते हुने निर्वाचनका आज शुक्रवार उम्मेदारी दर्ता भएको छ । संघको अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि अनिल आचार्य, धुर्बकुमार गहतराज, नरेशकुमार कार्की र नरेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा शरदप्रसाद अधिकारी, महेन्द्र बुढाथोकी र भरतप्रसाद रेग्मीको उम्मेदवारी परेको छ। त्यस्तै उद्योग उपाध्यक्षमा गेहेन्द्र बस्नेत र मनबहादुर बुढाथोकी तथा वाणिज्य उपाध्यक्षमा नोर्वु तामाङ, मानु केसी र रामप्रसाद पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै महासचिव पदमा विकास वली र माधव खनालले उम्मेदवारी दर्ता गराएका छन् भने सचिव पदमा गणेश पाण्डेय, भीमसेन डिसी र कोषाध्यक्ष पदका लागि सुरज बुढाथोकी, प्रेमबहादुर बुढा मगर, ऋषि पोख्रेल र दिपज पण्डितको उम्मेदवारी गराएका छन् । सहकोषाध्यक्ष पदका लागि ललित बेल्बासे, शालिकराम आचार्य र पुष्करराज न्यौपानेले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिका अनुसार आज दर्ता भएका उम्मेदवारहरूले असोज ५ गतेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन तालिका छ । उद्योग वाणिज्य संघ व्यवसायीहरुको संस्था भएपनि चुनावी प्रतिस्पर्धा दलीयरुपमै हुने देखिन्छ । अध्यक्ष पदका उम्मेदवारमा नरेशकुमार कार्की र नरेशकुमार श्रेष्ठ कांग्रेस निकट मानिन्छन् भने अनिल आचार्य नेकपा एमाले र धुर्बकुमार गहतराज नेपाली कम्यूनिष्ट निकट मानिन्छन् ।
उम्मेदवारहरुको नामावली यस्तो छ :-














