सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई सुर्खेतबाट पक्राउ गरेको हो ।

पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ ।
अहिले उनलाई सुर्खेत प्रहरी कार्यालयमा राखिएको छ ।