काठमाडौं । चैत्र १५ गते शुक्रवार तीनकुनेमा भएको प्रदर्शनका क्रममा एक घरमा आगो लगाउँदा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोष्टमार्टममा ढिलाई भएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले उनको शरिरको पोर्टेबल एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने अडान लिएका छन् ।
रजकका परिवारले घटना अनुसन्धान गर्न जाहेरी दिएसँगै प्रहरीले उनको पोष्टमार्टम प्रक्रिया अघि बढाउन अस्पताल प्रशासनलाई आग्रह गरेको छ । तर, उनलाई गोली लागेको हल्ला फैलिएपछि चिकित्सकहरुले एक्सरे गरेर मात्र पोष्टमार्टम थाल्ने अडान लिएका छन् ।
पोर्टेबल एक्सरे मेशिन त्रिवि शिक्षण अस्पतालमा नभएको र अन्यत्र खोजी भइरहेको छ । गएको शुक्रवार राजावादीहरुको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा रजकको तीनकुनेको एक घरमा आगजनी गर्दा मृत्यु भएको थियो ।











