काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन भएको छ। उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा आज सांसद बोहराको निधन भएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री समेत रहेका बोहराको उपचारको क्रममा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले बताए ।

उनी लामो समयदेखि पोस्ट कोभिड समस्याले अस्वस्थ थिए । संक्रमणको चार पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । उनी रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।