काठमाडौं । गएको शुक्रवार काठमाडौंको तीनकुनेमा राजावादीहरुको प्रदर्शनलाई हिंसात्मक बनाउने काम गरेको भन्दै पक्राउ गरिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ ।
आइतबार अनुसन्धानका लागि म्याद थपका लागि प्रहरीले अदालतमा पुर्याएको थियो । अदालतले मिश्र र शमशेरसहित ११ जनालाई अनुसन्धानका म्याद थप गरेको हो ।
मिश्र र धवल शमशेरलाई शुक्रबारको प्रदर्शनका क्रममा भएका घटनाहरुमा उक्साएको तथा संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धानका लागि शुक्रबार राति नै पक्राउ गरेको थियो । सो प्रदर्शन हिंसात्मक भएपछि दुई जनाले ज्यान गुमाएका थिए भने घरमा आगजनी, लुटपाट समेत भएको थियो ।
