काठमाडौं । चैत १५ गतेको राजावादीहरुको प्रदर्शनको समयमा काठमाडौंको तीनकुनेमा सशस्त्र प्रहरीको बन्दुक खोस्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका १ का ३८ वर्षीय गोपाल मल्ल रहेका छन् । हाल काठमाडौंको तारकेश्वर १० मा बस्ने मल्ललाई प्रहरीले भिमसेन गोलाबाट पक्राउ गरेको हो ।

उनले तीनकुनेमा प्रहरीको बन्दुक (ग्यास गन) खोसेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएपनि उनीले प्रहरीबाट खोसेको बन्दुक भने फेला नपरेको प्रहरीले जनाएको छ । पक्राउपछि मल्ललाई गौशालामा बुझाएको छ । उनलाई राज्यद्रोह र संगठित अपराधमा मुद्दा चलाउनका लागि म्याद थप गरिदै छ ।