रुकुम। रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको साइनबोर्ड ह्याक बताइएको छ । कायर्यालयको डिजिटल बोर्ड ह्याक गरेर  ‘i love u parmila, i really love you’ डिस्प्ले गरिएको छ ।

नगरपालिकाका मेयर रबि केसीले डिजिटल बोर्डबाट ह्याकरले नापी कार्यालयको नाम हटाएर अर्कै डिस्प्ले गरेको बताए ।कार्यालयका प्रमुख मन आग्रीले आफू बाहिर रहेको तर आफूलाई बोर्डको नाम परिवर्तन भएको बारे जानकारी पाएको बताए । यसबारेमा अनुसन्धान गर्ने काम भइरहेको बताइएको छ ।

केही दिनअघि पनि भरतपुरको नेपाल विद्युत प्राधिकरणको कार्यालयको बोर्डमा पनि प्रधानमन्त्री विरुद्धको नारा डिस्प्ले भएको थियो ।