काठमाडौं । सांसद धवल शम्शेर राणा पक्राउ परेको सूचना संघीय संसद सचिवालयमा पुगेको छ। आज आइतबारको प्रतिनिधि सभा बैठकमा उनी पक्राउ परेकोबारे सूचना सभामुख देवराज घिमिरेले पढेर सुनाउनेछन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री समेत रहेका राणाविरूद्ध तीनकुनेमा गएको शुक्रबार हिंसा भड्काएको र राज्यविरूद्ध कसुरमा अनुसन्धान भएको जानकारी संघीय संसद सचिवालयमा पुगेको छ ।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। सो प्रदर्शनीमा हिंसा भड्काएको भन्दै राणालाई प्रहरीले पक्राउ गरेका थियो । उनीसँगै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र पनि प्रहरी नियन्त्रणमा छन् । प्रसाईं भने फरार छन् । आइतबार मिश्र र राणालाई म्याद थप गर्नका लागि अदालत उपस्थित गराउने तयारीमा छ।











