दाङ । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा दाङमा पत्रकारहरुको निःशुल्क रुपमा प्रेसर, सुगर, मृगौला र आँखा परीक्षण गरिएको छ । घोराहीस्थित नेपाल पत्रकार महासंघ दाङ शाखामा शिविरको आयोजना गरी पत्रकारहरुको प्रेसर, सुगर, मृगौला र आँखा परीक्षण गरिएको हो ।
शिविरमा ६४ जना पत्रकारको ल्याब र ६९ जनाको आँखा परीक्षण गरिएको छ । शिविर नेपाल पत्रकार महासंघ दाङको आयोजना स्वास्थ्य कार्यालय दाङ र राप्ती आँखा अस्पताल रक्षाचौरको सहयोगमा गरिएको हो । महासंघले पत्रकारको स्वास्थ्य परिक्षणका लागि सहयोग गर्ने जिल्ला स्वास्थ्य कार्यालय दाङ र राप्ती आँखा अस्पताल रक्षाचौरलाई धन्यवाद दिएको छ ।











