अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना महिला र एक पुरुष रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते १५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये सात जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि बुटबल रेफर गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।

अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस दुर्घटना भएको हो । बस भुवनपाटा ओरालोबाट करिब २०० मिटर तल खसेको छ ।