काठमाडौं। ललिता निवास जग्गा हिनाविना प्रकरणमा पक्राउ परेर कारागारमा रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश दिइएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासले गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । गुरुङ अदालतले तोकेको धरौटी बुझाएर आइतबार साँझ नै रिहा भइसकेको छन् ।