काठमाडौ । लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख तुलाराम धर्ती र उपसभामुख मेनुका खाँणले बुधबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । सभामुखमा गठबन्धनबाट माओवादी केन्द्रका घर्तीको एकल उम्मेद्वारी परेको थियो ।
उपसभामुखमा तीन जनाको उम्मेद्वारी परेपनि दुई जनाले उम्मेद्वारी फिर्ता लिएपछि राप्रपाकी खाँण र्निबिरोध चयन भएकी हुन् । सपथग्रहरण कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य मन्त्री, मन्त्री, सभासद्, उच्च पदस्त कर्मचारी, संञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।











