काठमाडौ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन । आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले प्रदेश सभामा उपस्थित सबै अर्थात १ सय दुई जना सांसदको विश्वासको मत पाएका हुन । उनलाई संसदको सबै दश दल र स्वतन्त्र सांसदले पनि बिश्वासको मत दिएका हुन ।
माओवादीका दुई जना प्रदेश सांसदहरुको सपथ ग्रहण हुन वाँकी नै रहेकाले प्रदेशसभामा हाल एक सय पाँच सांसद मात्र रहेका छन् । सदस्य मध्ये तीन जना सदस्य अनुपस्थित रहेका थिए ।।











