सल्यान ।  २१ हजार बढि फलफुलका विरुवा वितरण ५ साउन जिल्ला कृषि विकास कार्यालय सल्यानले २१ हजार बढि फलफुलका विरुवा वितरण गरेको छ । फलफुल खेतीको राम्रो सम्भावना रहेको सल्यानमा किसानहरुलाइ कार्यालयले २१ हजार ९ सय ५० भन्दा धेरै वर्षे फलफुलका विरुवा वितरण गरेको जनाएको छ ।

orangeकिसानहरुले माग गरेका सुन्तला, आँप, कागती जस्ता फलफुलका विरुवा ढुवानी अनुदानमा रौतहटबाट ल्याएर वितरण गरेको वरिष्ट कृषि विकास अधिकृत टुक प्रसाद लुइटेलल वताउनु भयोे । उहाका अनुसार सुन्तलाको विरुवा ५० प्रतीशत अनुदान र अन्य जातका सबै विरुवा सरकारि मुल्यमा किसानले आफै किनेका हुन् ।

वर्षा शुरु भएपछि यो वर्ष ९ हजार सुन्तला, ६ हजार ७ सय आँप, ४ हजार ५ सय अनार, १ हजार २ सय कागती र ५ सय ५० लिचिका विरुवा वितरण भएको कार्यालयका कृषि प्राविधिक धनन्जय शर्माले वताउनु भएको छ ।।