दाङ । दाङमा माटोको ढिस्कोमा पुरिएर दुई बालिका घाइते भएका छन् । दाङको तुलसीपुर नगरपालिका वडानम्वर– ११ अश्वासमा खेल्ने क्रममा माटोको ढिस्कोमा पुरिएर स्थानीय दुई बालिका घाइते भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार हिजो खेल्ने क्रममा माटोको ढिस्कोमा पुरिएर १० वर्षिया पार्वती चौधरी र ६ वर्षिया पुष्पा चौधरी घाइते भएका हुन् । घाइतेमध्ये पुष्पा चौधरीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गरी नेपालगञ्ज लगिएको छ, भने पार्वतीको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।।