काठमाडौं, २ मंसिर । यूएईलाई नेपालले एकदिवसीय शृङ्खलाम विजयी हाँसिल गरेको छ । आज शुक्रवार भएको तेस्रो तथा अन्तिम खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले शृङ्खला जितेको हो ।

यूएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन बनाए । बलिङतर्फ यूएईका हजरत बिलाल र आयान अफजल खानले एक एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ७६ रन बनाएका थियो ।

यूएईका लागि आयान अफजल खानले नटआउट ५४ रन र अलिशान शराफुले ३३ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए ।