अभिनेता आर्यन सिग्देल आफ्नो पुरानो क्रेज फर्काउने दाउमा छन्। उनको क्रेज फर्काउने चाहना फिल्म ‘डिसेम्बर फल्स’ले पूरा गर्ने उनको अपेक्षा छ। यो फिल्म आगाम पुस १५ गते रिलिज हुँदै छ।
फिल्म प्रचारको क्रममा छ। यही क्रममा फिल्मको टिजर सार्वजनिक गरिएको छ। टिजरमा आर्यन र उपासना सिंह ठकुरीको प्रेम देखाइएको छ। उपासना र आर्यनले फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका छन्।
यो फिल्ममा आर्यन लभर ब्वाईका साथै एक्सन अवतारमा पनि देखिने छन्। एक्सनलाई मेकरले साउथ फिल्मको स्टाइलमा तयार पारेका छन्। महेश गुप्ताको छायांकन रहेको यो फ्लिम प्रवीण झाले निर्देशन गरेका हुन्। फिल्ममा रामप्रसाद रिजालले लगानी गरेका छन्।
यस्तो छ टिजर