काठमाडौं। मौन अवधिमा सामाजिक सञ्जाल उच्च निगरानीमा रहेको निर्वाचन आयोगले जनाएको छ । गएराती १२ बजेदेखि नो मौन अवधि सुरु भइसकेकाले चुनावी प्रचार प्रसार र मतदातालाई प्रभावित पार्नेगरी कुनै पनि गतिविधि गर्न नपाइने आयोगले स्मरण गराएको छ ।
फेसबुक,ट्वीटर, इन्स्टाग्राम, भाइवर, युट्युव लगायतका सामाजिक सञ्जालमा कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा राखिएका प्रचार सामग्री हटाउन पनि आयोगले भनेको छ । त्यस्ता सामग्रीमा लाइक,कमेन्ट र शेयर गरेमा पनि आचारसंहिता अनुसार कारबाही हुने आयोगको चेतावनी छ ।
आयोगले भनेको छ ‘ मौन अवधि सुरु भएपछि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मष्तिष्क मन्थन लगायतका निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि गतिविधि नगर्न वा नगराउन तथा फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउनुपर्छ ।
’यस्तै १ गते राती १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।
