दाङ, २३ असोज । शान्ति निकेतन विद्यालय घोराहीले दशैं संस्कृतिबारे साक्षात्कार गरेको छ । दशैँको धार्मिक, सामाजिक र पौराणिक महत्व रहेको भन्दै विद्यालयले शनिबार विद्यार्थी र अभिभावकहरुसँग दशैँ संस्कृति बारे साक्षात्कार गरेको हो ।

शिक्षासँगै संस्कार जोड्दै आइरहेको विद्यालयले विद्यार्थी र अभिभावकहरुलाई जमरा र टीका उपहार प्रदान गर्दै दशैँको शुभकामना आदान प्रदान मात्रै गरेन—दशैँले समाजमा पार्ने सकारात्मक प्रभावका बारेमा जानकारी समेत गरायो ।
दशैँलाई सबै नेपालीहरुको साझा पर्व बनाउनुपर्ने भन्दै विद्यालयका प्रिन्सिपल टीकाबहादुर बस्नेतले हरेक वर्ष यस्तै खालका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको जानकारी दिए ।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं प्याव्सनका केन्द्रीय सदस्य यादव गिरी, पूर्वप्रिन्सिपल सुनिल गौतम, खगेश्वर पौडेलल, अभिभावक गणेश आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रिपाइमरी कोर्डिनेटर पद्मा विसीले कार्यक्रमको सहजीकरण गरेका थिए ।