चिवतन, २३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तारमा न्यायालयलाई भागबन्डा गरियो भनेर कुप्रचारवाजी गरिएको बताएका छन् ।

आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गजेन्द्रबहादुर हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको र यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको बताए ।

सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउने व्यवस्था संविधानमा नै व्यवस्था भएको भन्दै सोही अनुसार उनी मन्त्री बनेको प्रचण्डाको भनाइ थियो ।सञ्चारकर्मीहरुको प्रश्नामा प्रचण्डले राष्ट्रिय सहमति र परिमार्जनबिना एमसीसी पास नहुने स्पष्ट पारेका थिए ।