इन्द्रेणी संवाददाता
काठमाडौं, २३ असोज। नेपालमा पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६ हजार १६८ ओटा पीसीआर परीक्षण गर्दा ६३६ जना र ५ हजार ८६३ ओटा एन्टिजेन परीक्षण गर्दा १२४ जना गरी कुल ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वितेको २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २३२ पुगेको छ ।
त्यस्तै वितेको २४ घण्टामा ८९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ३४० जना रहेको छ ।











