काठमाडौं, ८ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् ।
४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा वरिष्ठ नेता नेपालले आममाफी दिने ओलीको घोषणालाई श्री ५ को संज्ञा दिए ।
“हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाललगायत माननीय सदस्यमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरूलाई आममाफी दिइन्छ, एम्नेस्टी इज एम्नेस्टी, अनि हामी गदगद भयौँ, महाराजाधिराजोवाच, हामी गदगद भयौँ, वाह वाह वाह, महाराजधिराज खुसी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाच्नुपर्ने भयो, खुसी हुनुपर्ने भयो” नेपालले भने ।











