काठमाडौं समाजिक संजालमार्फत प्रधानमन्त्री केपी ओली को समर्थनमा उर्लिएका युवाहरु आज सडक मै ओर्लिएकाछन आज दिउँसो राजधानीको माइतीघर मण्डलामा भेला भएका युवाहरुले प्रधानमन्त्री केपी ओलीको पक्षमा जोडदार प्रदर्शन गरेका छन् ।
उल्लेख्य संख्यामा प्लेकार्ड, र ब्यानरहरुसहित करिब दुई घण्टा प्रदर्शन गरेका युवाहरुले प्रधानमन्त्री केपी ओलीलाई सरकार नछाड्न आग्रह गरे भने सरकार गिराउन भूमिका खेल्नेहरुलाई खबरदारी गरेका थिए ।
‘सरकार नछाड् केपी ओली ज्यान दिन तयार छौं’ उल्लेखित ब्यानर बोकेर मण्डलामा उभिएका एक युवाले विदेशीको ईशारामा केपी ओली जस्ता राष्ट्रवादी नेतालाई काम गर्ने अवसरबाट बञ्चित गर्न खोजिएको दावी गर्दै भने, ‘म मात्रै हैन म जस्ता तिन करोड नेपाली ओलीको साथमा छौं ।’