काठमाडौं ३१ असार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय गठबन्धनले खुलामञ्चमा गरेको रिले अनसनमा पुगेर गठबन्धनले राखेका मागहरु पुरा गर्न पहल गर्ने बताएका छन् ।
केपी ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिए लगतै मधेसी दल निकट पुगेका दाहाल आज संघीय गठबन्धनले गरेको रिले अनसनको अन्तिम दिन अनसनस्थल पुगेर गठबन्धनले उठाएका जाएज मागहरु पुरा गर्न आफु हदै सम्म लचिलो हुने कुरा बताएका छन् । प्रचण्डले संविधान संशोधनमार्फत गठबन्धनले राखेका मागहरु पूरा गर्न पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
तस्वीर रातोपाटी
