आफ्नो जन्मदिनको अवसर पारेर अभिनेत्री ऋचा शर्माले धुर्मुस–सुन्तली फाउन्डेसन लाई एक लाख सहयोग गरेकी छिन । साउन १ गते २९ औं वर्षमा प्रवेश गर्न लागेकी अभिनेत्री ऋचा शर्माले सिन्धुपाल्चोकमा नमुना एकिकृत नमुना बस्ती निर्माण का लागि सहयोग गरेकी हुन् । जन्मदिनको अघिल्लो दिन उनले धुर्मुससुन्तली फाउन्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’लाई एक लाखको चेक हस्तान्तरण गरिन्।
जन्म दिनको अबसरमा आफुले सहयोग गरेको थोरै रकम भएपनि धुर्मुस – सुन्तलीको महायात्रामा बैशाखी बन्ने ऋचाको भनाइ छ आफुले धुर्मुस सुन्तली जस्तै काम गर्न नसकेपनि सानो सहयोग होस् भनेर जन्मदिनको खर्च समाजसेवामा हालेकाले आफु प्रफुल्ल भएको ऋचाको भनाइछ
