तुलसीपुर , ३१ असार । सिंचाईका लागि प्रयोग हुने कुलोमा डुवेर तुलसीपुरमा एक जना बालकको मृत्यु भएको छ । शुक्रवार दिउँसो तुलसीपुर १४ राईखल्यानमा स्थानीय कुलोमा बगेर ३ बर्षीय बालक शिशिर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

mrit-balak-death-baby-BNघर नजिकै भएर बग्ने पढ्ढाको कुलोमा बगेर ती बालकको अचेत बनेका थिए । उनलाई राप्ती अञ्चल अस्पतालमा मृत घोषणा गरिएको थियो । मृतकका बालक कौशल वली बैदेशीक रोजगारिका सिलसिलामा विदेशमा छन् भने आमा चित्रा वली घरायसी काममा व्यस्त रहेको वेला शिशिर घर नजिकैको पढ्ढा कुलोमा बगेका थिए ।

शिशिरलाई कुलोले बगाएर झन्डै एक किलोमिटर दक्षिण गौरीताल नजिक पु¥याएको समयमा स्थानीय देखेर उद्धारगरी अस्पताल ल्याएका थिए ।