तुलसीपुर ३१ असार । पश्चिम दाङको पञ्चकुलेमा बाख्रामा पिपिआर रोग देखिएपछि शुक्रवार त्यहाँ पशुस्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला पशुसेवा कार्यालय दाङले जनाएको छ । केहि दिन अघि पञ्चकुलेमा विभिन्न व्यक्तिका ७ खसी वाख्रा मरेपछि स्थानियले जिल्ला पशुसेवा कार्यालयमा खवर गरेको र खवर प्राप्त भएपछि शुक्रवार पशुचिक्तसक रमेश प्रशाद नेपालीको नेतृत्वमा गएको पशु स्वास्थ्य टोलिले ३सय वढि वाख्रामा पिपिआर रोग विरुद्धको भ्याक्सीन दिएको जनाइएको छ ।
शुरुमा वाख्रको मुखमा खटिरा देखिने र सामान्य ज्वरोसमेत आउने पिपि आर रोगको समयमा उपचार नपाए मर्न समेत सक्ने पशुचिक्त्सक रमेश प्रशाद नेपालीले वताए । पञ्चकुलेमा वाख्रमा महामरी फैलिएको खवर पाएर औषधि सहित पुगेको पशुस्वस्थ्य टोलिले त्यहाँका वाख्रालाइ पिपिआर रोग भएको र पिपि आर विरुद्ध भ्याक्सीन समेत दिएकाले किसानहरु अव डराउन नपर्ने पशुचिक्तिसक नेपालीले वताए ।