तुलसीपुर ३१असार होण्डा कम्पनी  दाङको आधिकारीक विक्रेता अम्विकेश्वरी अटोमार्कले तुलसीपुरमा शुक्रवार होण्डाकम्पन्नी पछिल्लो उत्पादन हरनेट १६० आरआर र डिस्पल्सेमेन्ट ११०सिसिको दुई वटा मोटर साइकल विक्रिका लागी सार्वजनिक गरेको छ ।

भारतिय कम्पन्नी होण्डाले पछिल्लो समय ल्याएको यी दुई मोटर साइकल काठमाण्डौमा भित्रिएको ४महिनाको अन्तरालमा दाङमा आएको अम्विकेश्वरी अटोमार्कका प्रोप्राइटर दिपेश भण्डारीले जानकारी दिए ।

Photo 2टिनयजको मागलाई मध्यनजर गरी भित्रिएको हरनेट १६०आर आर मोटर साइकल अन्यभन्दा लक्जरी र ५गिएरमा रहेको मोटर साइकलले प्रतिलिटर ६०किलोमिटर माइलेज दिने जनाइएको छ । टियुवलेस टायर भएको हर्नेट वाइकको टयाँकी १२पलटर क्षमतामा रहेको जनाइएको छ ।
त्यस्तै बजार यरीयका व्यस्त सि डि ११० डिएल एक्स ड्रिम मोटरसाइकल पनि संगै आएको छ । आठलिटर क्षमताको टयाँकीभएको सि डि ११० डिएल एक्स ड्रिम मोटरसाइकल को मायलेज प्रतिलिटर ८३किलोमिटर रहेको जनाईएको छ ।वजरामा शुक्रवार सार्वजनिक गरिएका मोटरसाइकल लाई उद्योग वाणिज्य संघ तुलसीपुरका अध्यक्ष विमल रिजालले एक कार्यक्रमका विच लन्चगरेका हुन ।

मोटर साइकल लन्च गर्दै अध्यक्ष रिजालले ग्राहक को मागलाइ मध्यनजर गरी ल्याईएका मोटर साइकलको वजार राम्रो हुने अपेक्षासहित अम्विकेश्वरी अटोमार्कको व्यवसायीक सफलताको कामना समेत गरे अम्विकेश्वरी अटोमार्कका प्रोप्राईटर दिपेश भण्डारीको अध्यक्षता एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको प्रमुख आतिथ्यतामा भएको मोटर साइकल लन्च कार्र्यक्रममा तुलसीपुर नगर जेशिसका अध्यक्ष शुर्यशर्मा रिपोर्टस क्लव तुलसीपुरका अध्यक्ष शरद रेग्मी लगाएतले वोलेका थिए भने राप्तीववई क्याम्पसका सहायक क्याम्पस प्रमुख जिवराज खरालले कार्यक्रमको सहजीकरण गरेकाथिए ।

Comments are closed.