काठमाडौं, १२ साउन। आइतबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको सोमबार एक हजार २०० रुपैयाँ बढेको छ ।

Gold Shopसोमवार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सयमा कोरोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यस्तै तेजावी सुन ९७ हजार ६० रुपैयाँमा कारोबार भएको छ । चाँदी भने तोलाको १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।