काठमाडौँ, १८ असार । पाटीभित्र चरम आलोचना व्यहोरेका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद बजेट अधिवेशनको अन्त्य गरेर राजनीतिक दल फुटाउने अध्यादेश ल्याउने संकेत देआएपछि नेकपाका अर्का अध्यक्ष्ँ पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेटना सिलत निवास पुगेका छन् ।

nepal-prime-minister-pushpa-kamal-dahal-prachanda_1473944402प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति भवन शीतल निवास पुगेको र अध्यक्ष प्रचण्ड र राष्ट्रपतिबीच भेट भई रहेको राष्ट्रपतिका मुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिएका छन् ।

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसदको जारी बर्षे अधिवेशन आज ५ बजेबाट अन्त्य भएको घोषणा गरेपछि पछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्ड शीतल निवास पुगेका हुन् ।