इन्द्रेणी संवाददाता

लोकप्रिय गायीका द्वय भूमिका गिरी र टिका सानुको यस वर्षको तीज गीत सार्वजनिक भएको छ । नेपाली लोकदोहोरी क्षेत्रमा वर्चस्व कायम गर्न सफल गायीका द्वय भूमिका गिरी र टिका सानुको युगल आवाजमा टिपिकल गीत बुट्टा भरेको सार्वजनिक भए संगै सामाजिक संजालमा भाइरल भएको छ ।

नेपाली सांगीतिक आकासमा लोकदोहोरी गीतबाट तहल्का पिट्न सफल लोकप्रिय गायिका भूमिका गिरी र नेपाली लोक दोहोरी क्षेत्रमा लोकप्रिय सांगीतिक कार्यक्रम इन्द्रेणीबाट चर्चाको शिखर चुम्न सफल गायिका टिका सानुको नयाँ तीज गीत बुट्टा भरेकोले डिजिटल दुनियामा तहल्का मच्चाएको छ ।

सर्जक शरद पाण्डेयको शव्दमा भूमिका गिरी र टिका सानुले बुट्टा भरेको तीज गीतमा आवाज दिएका छन् । लोकप्रिय गायीका भूमिका गिरीको युट्युव च्यानलबाट सार्वजनिक गरिएको तीज गीत बुट्टा भरेको दुइ दिन नबित्दै झन्डै तीन लाख दर्शकले हेरिसकेका छन्  ।

 

पुरा भिडियो हेर्नुहोस